Fri. Sep 20th, 2024

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

- मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । आज (बिहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित हुनुभएको थियो । कानुन व्यवसायी समेत रहनु भएका बस्नेत कान्तिपुर दैनिकमा लामो समय आवद्ध हुनुहुन्थ्यो ।

चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएका भवानी वरालको कार्यकाल उहाँको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचमा नियुक्त हुनुभएका किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले कार्यवाहकमै चित्त बुझाउनु परेको थियो ।

यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

Facebook Comments