Fri. May 17th, 2024

भारतले भन्यो, कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात गर्न सकिदैन

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने जानकारी दिनुभएको हो ।

नेपाल, बङ्गलादेश लगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले अहिले भारतको ध्यान विदेशबाट भारत खोप ल्याउने तिर केन्द्रित रहेको बताउनु भएको छ ।

प्रवक्ता वाग्चीले भारतले उत्पादन गरेको खोप आन्तरिक खोप अभियानका लागि नै प्रयोग हुनेसमेत बताउनु भयो । एजेन्सी

Facebook Comments