Sat. Apr 20th, 2024

चीनको अर्थतन्त्र विश्वको आर्थिक वृद्धिको स्टेबलाइजर

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)ले मे ३१ तारिख  विश्वको पछिल्लो आर्थिक विकास अपेक्षा प्रतिवेदन सर्वजनिक गरेको छ। उक्त प्रतिवेदनले चालु र आगामी वर्ष विश्वको अर्थतन्त्र, आर्थिक सहयोग तथा विकास संगठनका सदस्य देश र विश्वका मुख्य आर्थिक समूहको आर्थिक वृद्धिबारे प्रक्षेपण गरेको छ। यो प्रतिवेदनले सन् २०२१ मा विश्वको आर्थिक वृद्धि दर ५.८ प्रतिशतसम्म बढ्नुका साथै सन् २०२२ को वृद्धि दर ४.४ प्रतिशत रहने ठहर गरेको छ ।

विश्वको मुख्य आर्थिक समूहमा सन् २०२१ मा चीनको आर्थिक वृद्धि दर ८.५ प्रतिशत हुनुका साथै ओईसीडीद्वारा मार्चमा प्रकाशित प्रक्षेपणभन्दा ०.७ प्रतिशत बढेको छ। ओईसीडी अन्तर्गत चिनियाँ आर्थिक नीति कार्यालयका प्रमुख मार्गित मोल्नारले विश्वको आर्थिक वृद्धिमा चीनको अर्थतन्त्रले स्टेबलाइजरको भूमिका खेलेको बताउनुभयो। सीआरआई

Facebook Comments