२०८३ भाद्र १३, शनिवार

किन नसुहाए जस्तो लाग्छ

- तिला लेकाली

       

काठमाडौं, २०७८ जेठ १८ गते मंगलबार ।

-तिला लेकाली

किन नसुहाए जस्तो लाग्छ तिम्रो श्रृंगार पनि
बिना विद्वत्ताको खोक्रो खोक्रो लाग्छ दरबार पनि

सायद पैसा कमाउँदिन यसले भनेर होला
झन् हिंड्छु झन् झन् पर पर भाग्छ बजार पनि

तिमीले कर्तव्य बुझ्नु पर्छ अनि पूरा गर्नु पर्छ
जथाभावी गरेर कहाँ पाइन्छ अधिकार पनि ?

एकै छप्कामा किन छिन्दैन हँ मेरो यो टाउको ?
र आइरहन्छन् पटक पटक यी प्रहार पनि

यी छोरीहरु किन बुझ्दैनन्,लाउँदैनन् घामको टिका
अनि पोतिरहन्छन् मृत्युले आफ्नै अनुहार पनि

तिला लेकाली
बेलबारी,मोरङ।

Facebook Comments