Tue. Jun 18th, 2024

अमेरिकाले गरेको २ सय वर्षको विकास चीनले एक सय वर्षमै गर्ने विश्व बैंकको विश्लेषण

साङहाईस्थित फु तुङ क्षेत्र

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । चीनको सहरीकरणको विकास विश्वका अन्य राष्ट्रको भन्दा तीब्रगतिमा बढिरहेको छ। अमेरिका र भारतको तुलनामा चीनको सहरीकरणको विकास द्रुतगतिमा अगाडि बढेको विश्लेषण गरिएको छ। अमेरिकाले ग्रामिण र सहरीकरणको विकासमा १९ औँ र बीसौँ शताब्दीको जनसंख्याको अनुपातमा ८० प्रतिशत ग्रामिण र २० प्रतिशत सहरीकरण विकासबाट २० प्रतिशत सहरी र २० प्रतिशत ग्रामिण विकास गरेको पाइन्छ। चीनमा सन् १९५० मा १३ प्रतिशत जनसंख्या मात्र सहरी क्षेत्रमा बसोबास गर्थे भने भारतमा १७ दसमलव ३ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा रहेको थियो। विश्व बैंकको तथ्याङ्क अनुसार हाल आएर ६० प्रतिशत चिनियाँहरु सहरी क्षेत्रमा बसोबास गर्छन् भने ३५ प्रतिशत भारतीयहरु सहरी क्षेत्रमा बसोबास गर्छन्।

यसको अर्थ के हो भने अमेरिकालाई ८० प्रतिशत जनसंख्यालाई सहरी क्षेत्रको सुबिधा दिनलाई दुई सय वर्ष लागेको थियो भने भारतलाई २५० वर्ष लाग्ने देखिन्छ भने यही विकास चीनले एक सय वर्षमै गर्ने देखिएको विश्व बैकको तथ्याङ्कले स्पष्ट पारेको छ।

चीनमा तीब्रगतिमा पूर्वाधार विकासबाट सहरीकरण हुनुको मुख्य कारण केन्द्रीकृत योजना प्रणाली हो। सीआरआई

 

Facebook Comments