Fri. Sep 20th, 2024

बजेट सुनाउन मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । शनिवार सार्वजनिक गरिएकाे बजेटबारे आइतबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, धेरैले बजेट सकारात्मक भएको तर कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रतिक्रिया दिएको आफू पाएको बताउँदै थप्नुभयो, यो बजेट सुनाउन मात्र ल्याइएको होइन कार्यान्वयनका लागि पनि ल्याइएको हो । उहाँले आर्थिक वर्ष शुरु हुन अझै ४५ बाँकी रहे पनि बजेट कार्यान्वयनका लागि आफूहरु भोलि बाटै लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी भोलिबाटै सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग बैठक गरेर यसको कार्यान्वयबारे काम थाल्छौं ।

यो सकारले बजेट ल्याउन नहुने भन्ने खालको केहीबाट प्रतिक्रिया आएको बारे टिप्पणी गर्दै अर्थमन्त्रीले भन्नुभयो, बजेट ल्याउने काम सरकारको भएको र आफूहरुले सो दायित्व पूरा गरेको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा कोरोनाका कारण सिथिल अर्थतन्त्रलाई पुरानै अबस्थामा फर्काउने लक्ष्यका साथ बजेट ल्याइएको पनि स्ष्ट गर्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments