Tue. Apr 30th, 2024

विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ। देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर उहाँको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना भएको सेनाले जनाएको छ।

दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ। राष्ट्रपति मोहम्मदु बुहारीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बीबीसी

Facebook Comments