Sat. May 18th, 2024

नेपालमा कोरोना सङ्क्रमितहरुको संख्या ५ लाख नाघ्यो, ८ हजार ८४८ जना कोरोनामुक्त, १२९ जनाको मृत्यु

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमितहरुको संख्या पाँच लाख नाघेको बताएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका ८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ । हालसम्म ५लाख ५ हजार ६ सय ४३ जना सङ्क्रमित भएका छन् । हाल १ लाख १५ हजार ८ सय ६ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना लागेका ३ लाख ८३ हजार ६ सय ८४ जना कोरोनामुक्त भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ सय २९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ६ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८ सय ६६ जना क्वारेन्टिनमा छन् ।

Facebook Comments