Tue. Apr 30th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्व स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २१ तारिख वेलुकी पैचिङबाट भिडियोमार्फत विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले जनताका लागि कोरोना महामारीको प्रतिरोध गरिएको र जनतामा भर पर्दो हुनुपर्ने कुरामा जोड दिँदै जनताको ज्यानको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

राष्ट्राध्यक्ष सीले नयाँ ढाँचाको सरूवा रोगको सामना गर्दा वैज्ञानिक भावना, वैज्ञानिक धारणा र वैज्ञानिक नियमिततालाई कायम राख्नुपर्ने औंल्याउनुभयो। उहाँले महामारी प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासबीचको सम्बन्धलाई राम्रोसँग मिलाउनुपर्ने कुरा पनि बताउनुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले सँगसँगै मिलेर कठिन अवस्थाबाट मुक्त भई दृढताका साथ विविध किसिमका राजनीतिकरण र बदनामी कुचेष्टाको विरोध गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले यस पटकको महामारी विश्व स्वास्थ्य प्रणालीको परीक्षण हो भन्दै विश्वमा रोगको प्रतिरोध र नियन्त्रण प्रणालीमा सुधार गर्नुपर्ने, अनुगमन, पूर्वसंकेत दिने र आकस्मिक घटनाको सामना गर्ने क्षमता बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले चीनले गरेको अन्तर्राष्ट्रिय मानवतावादी क्रियाकलापबारे जानकारी दिँदै सीमित उत्पादन मात्रा र स्वदेशलाई ठूलो मात्राको आवश्यक सामग्री चाहिएको अवस्थामा चीनले वचनबद्धताको पालना गरी ८० विकासोन्मुख मुलुकहरुलाई कोरोना विरुद्ध खोप प्रदान गर्नुका साथै ४३ मुलुकहरुलाई खोप निर्यात गरेको बताउनुभयो। चीनले विकासोन्मुख मुलुकहरुलाई २ अर्ब अमेरिकी डलरको राहत सामग्री प्रदान गर्दै विश्वका १५० भन्दा बढी मुलुक र १३ अन्तर्राष्ट्रिय संगठनलाई महामारीको प्रतिरोध सम्बन्धी सामग्री प्रदान गरेको जानकारी दिनुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनले निरन्तर रूपमा विश्व महामारी प्रतिरोधात्मक कार्यलाई समर्थन गर्दै जानका लागि चीनको ५ बुँदे नयाँ प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। सीआरआई

Facebook Comments