Tue. Sep 17th, 2024

प्यालेष्टाइन र इजरायल परिस्थितिलाई खुकुलो पार्नका लागि सुरक्षा परिषद्रलाई समर्थन गर्न चीनद्वारा अमेरिकासँग आह्वान

काठमाडौं, २०७८ जेठ ५ गते बुधबार । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेष्टाइन र इजरायल समस्याबारे चर्चा गर्दै अमेरिकाले सुरक्षा परिषद्को सम्बद्ध कुटनीतिक गतिबिधिमा अवरोध नगरेको दाबी गर्नुभएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले मे १९ तारिख सो विषयबारे चर्चा गर्दै अमेरिकाले आफ्नो भनाइ र गराइ एउटै राख्न तथा ठूलो मुलुकको आवश्यक कर्तव्य बहन गरी प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न, विश्वासको पुन:स्थापना गर्न र राजनीतिक तवरले समस्याको समाधान गर्न वास्तविक भूमिका निर्वाह गर्नसक्ने आशा चीनले राखेको बताउनुभयो।

हाल चीनका परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन र इजरायल भिडन्त समस्या सम्बन्धी आपत्कालीन सम्मेलनमा तनावपूर्ण स्थितिलाई खुकुलो पार्नका लागि महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तावबाट अन्तर्राष्ट्रिय समाजमा निकै ठूलो प्रतिकृया आएको छ।

Facebook Comments