Tue. Jun 18th, 2024

नेता बादललाई मत दिन एमालेद्वारा ह्वीप जारी

काठमाडौं, २०७८ जेठ ४ गते मंगलबार । नेकपा एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ। पार्टी महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गर्दै पत्र पठाउनु भएको हो।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ ज्येष्ठ ६ गते ९:00 बजे देखि १५ः०० बजेसम्म हेटौँडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयअनुसार निर्देशन गर्दछु।’

बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन ६ जेठ गते हुँदैछ। उपचुनावमा विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतले खिमलाल देवकोटालाई अघि सारेका छन्।

Facebook Comments