Sat. Apr 20th, 2024

प्रधानमन्त्री ओली र नयाँ मन्त्रीहरूकाे शपथ, सबैलाई पुरानै जिम्मेवारी

काठमाडौं, २०७८ बैशाक ३१ गते शुक्रबार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएकाे हाे ।

बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै साेही अवसरमा नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनुभएकाे थियाे । नवनियुक्त मन्त्रीहरूकाे यस अघिकै जिम्मेवारी ताेकिएकाे छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई साविककै मन्त्रीहरू रहनुभएकाे छ । गोरखापत्र अनलाईन

फोटो: गोरखापत्र अनलाईन

Facebook Comments