Sat. May 4th, 2024

संस्कृतिविद् तथा ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०२ औँ जन्मोत्सव मनाउँदै हुनुहुन्छ । उहाँ विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएको हो । संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आउनुभएको छ ।

उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् । २०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँले मदन पुरस्कार पाउनुभएको छ ।

उहाँले झण्डै ५० पुस्तक लेख्नु भएको छ । नेपाल राष्ट्र बैंकले गएको भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ । उज्यालो अनलाईन

Facebook Comments