Sun. May 19th, 2024

इजरेल-प्यालेस्टाइन तनाव ‘पूर्ण युद्धतर्फ धकेलिन सक्ने’ चेतावनी

काठमाडौं, २०७८ बैशाक २९ गते बुधबार । संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरेल तथा प्यालेस्टीनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षको अवस्थाले पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिनुभएको छ । चर्किएको हिंसापश्चात् टोर वेन्स्ल्यान्डले उक्त टिप्पणी गर्नुभएको हो ।

इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन्। इजरेलले हवाई हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएको बताइएको छ। भिभमा १३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजास्थित १३ तले भवनमा हमला गरिएको रोयटर्स समाचारसंस्थाले जनाएको छ।

इजरेली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप उक्त भवनमा हमला गरिएको हो।

वर्षौँयता भएका यी सबैभन्दा खराब हमलाहरूमा कम्तीमा ३१ जनाको ज्यान गइसकेको बताइएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई तनाव अन्त्य गर्न आह्वान गरिरहेका छन्।

विद्रोहीहरूले जेरुसलेम तथा अन्य क्षेत्रमा गरी सयौँ रकेट प्रहार गरिसकेका छन्। इजरेली क्षेत्रमा तीन जनाको ज्यान गएको छ भने प्यालेस्टिनी क्षेत्रमा २८ जनाको निधन भइसकेको छ। बिबिसी

Facebook Comments