Tue. Apr 23rd, 2024

बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ ।

जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गर्नु भएको छ । उहाँले बिहान साढे पाँच देखि ६ बजेर ४५ मिनेट जाँदाको अवधिमा सगरमाथाको चुचुरोमा पुगेका शगरमाथा आधार शिविरमा रहनु भएका पर्यटन विभागका निर्देशक मीरा आचार्यले ट्वीटर मार्फत जानकारी गराउनु भएको छ । यसपालीको बसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तराष्ट्रिय आरोहण टोली हो । गोरखापत्र अनलाईन

Facebook Comments