Sat. Apr 27th, 2024

संवैधानिक परिषद्को बैठक बस्दै, सापकोटा र देउवा सहभागी नहुने

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । गत ३० मंसिरयता परिषद्को बैठक बसेको थिएन । लामो समयपछि परिषद्को बैठक आज बिहान बस्न लागेको हो ।

राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश-२०७८ जारी गर्नुभएको थियो । अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

यसैबीच आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने हुनुभएको छ । हिजो एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताउनुभएको थियो ।

यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको बताउँदै उहाँले कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई नै कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने अध्यादेश जारी गर्ने काम भएको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा सहभागी नहुने बताउनुभएको छ । सापकोटा मंसिर ३० को बैठकमा पनि सहभागी हुनुभएको थिएन ।

गत मंसिर ३० गते परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो । रे न्यूज डेली

Facebook Comments