Tue. Jul 28th, 2026

कामरिता शेर्पा सहित १२ जना नेपाली आरोहीद्वारा सगरमाथाको सफल आरोहण

       

काठमाडौं, २०७८ बैशाक २५ गते शनिबार । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल (८८४८.८६ मिटर) को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले बताउनुभयो ।

यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहनु भएको छ । गोरखापत्र

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read