Sun. May 19th, 2024

स्पुतनिक खोप “कलाश्निकोभ राइफल” जत्तिकै विश्वसनी छ- राष्ट्रपति पुटिन

काठमाडौं, २०७८ बैशाक २४ गते शुक्रबार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा निर्माण गरिएको कोभिड-१९ विरुद्धको खोपलाई एक प्रसिद्ध हतियार “कलाश्निकोभ राइफल” जत्तिकै भरपर्दो भएको भनेर प्रशंसा गर्नुभएको छ ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

देशका स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुतनिक लाइट पनि भनिने स्पुतनिक भी नामक कोभिड-१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो।

राष्ट्रपति पुटिनले कोभिड-१९ विरुद्धको त्यो खोपलाई सोभियत सङ्घकालीन हतियारसँग तुलना गर्नुभएकोे छ जुन हाल पनि व्यापक प्रयोगमा रहेको छ। बिबिसी

Facebook Comments