Sun. May 19th, 2024

नवनियुक्त प्रदेश प्रमुखहरूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखद्वय पौडेल र यादवले शपथ ग्रहण गराउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति मक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।
Facebook Comments