Mon. Nov 25th, 2024

मुख्यमन्त्रीमा शंकर पोख्रेल पुन: नियुक्त

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त हुुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको रुपमा नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता पोखरेललाई नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार १ बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएको छ ।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो ।

Facebook Comments