Thu. May 16th, 2024

इजरायलद्वारा भारत लगायतका सात वटा देश जान नागरिकलाई प्रतिबन्ध

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । इजरायलले आफ्ना नागरिकलाई भारत लगायतका विभिन्न सात वटा देशमा जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा भारत, युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध भोली मे ३ तारिख सोमबारबाट शुरु हुने र १६ तारिखसम्म रहने बताइएको छ । इजराइलको प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो प्रतिबन्धको घोषणा गरेको हो । एजेन्सी

Facebook Comments