Sun. May 19th, 2024

थप ३५ जनाको मृत्यु, देशभर ४ हजार ९ सय २८ जनामा संक्रमण

- कोरोना सङ्क्रमण भयावह बन्दै

काठमाडौं, २०७८ बैशाक १६ गते बिहीबार । आज देशभर कोरोना सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण हुने दैनिक मृत्यु सङ्ख्या मध्ये आज सबैभन्दा बढीको मृत्यु भएको हो ।

आज देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५ सय ९७ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ वटा एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं मा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ गरी काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।आज रुपन्देहीमा ५ सय २८, बाँकेमा ४ सय ८९, कैलालीमा ३ सय ३९, दाङमा १ सय ८१, पर्सामा १ सय ५०, सुर्खेतमा १ सय ३६, चितवनमा १ सय ३०, मोरङमा १ सय ३७ र कास्कीमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

हाल देशभर ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित मध्ये ३ सय ३७ जनाको आइसियु र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यका सहित १२ जिल्लामा ५ सय भन्दा बढी सङ्ख्यामा संक्रमितहरु उपचाररत छन् । आज ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ८८ दशमलव २ प्रतिशत रहेको छ । रेडियो नेपाल

Facebook Comments