Sun. May 19th, 2024

काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिए, ३० हजार भित्रिए

- निषेधाज्ञाको पहिलो दिन

तस्बिर- सुजन गुरूङ्ग

काठमाडौं, २०७८ बैशाक १६ गते बिहीबार । आज साँझसम्म काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएका छन् भने ३० हजार गाडी भित्रिएका छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन आज साँझ दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७० हजारमात्र रहेको ट्राफिक प्रहरीका प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,“ दुई हजार ३९ वटा गाडीलाई आज हामीले कारबाही गरेका छौँ, सावा दुई लाख यात्रु बाहिरिएका छन् भने दुई-तीन दिनमा ७० हजार यात्रु मात्र उपत्यका भित्रिएका छन् ।” त्रिपुरेश्वर चोकमा राखिएको ट्राफिक प्रहरीको चेक पोष्टमा प्रहरीले सबै सवारी साधन रोकेको थियो भने परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको उहाँले बताउनुभएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज (बिहीबार) देखि निषेधाज्ञा जारी गरेका छन् । विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन मात्र चल्न दिइएको उहाँको भनाई छ । उहाँका अनुसार अहिले काठमाडौं उपत्यकालगायत सबै ठाउँमा यातायातको अवस्था समान्य रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments