Fri. May 17th, 2024

निषेधाज्ञा पालना गराउन विभिन्न स्थानमा चेकजाँच

- निषेधाज्ञामा सञ्चालन हुने र बन्द हुने सेवाहरू

काठमाडौं, २०७८ बैशाक १६ गते बिहीबार । कोरोनाको संक्रमण र महामारी उच्च गतिमा बढदै गएकोले सो को नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आज बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौंको नयाँ वसपार्क, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज लगायतका रिंगरोडसँग जोडिएका क्षेत्र र कालिमाटी, रत्नपार्क, नयाँ बानेश्वर, पुरानो बानेश्वर, माईतिघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, मैतिदेवी, अनामनगर लगायतका क्षेत्रमा निषेधाज्ञा कडाईका साथ लागु गर्न सुरक्षाकर्मिहरु क्रियासिल रहेका छन् ।

त्यसैगरी दर्जनौ स्थानहरुमा मोटरसाईकल, भ्यान, माइक्रोवस, ट्याक्सी, मिनिवस जस्ता सवारी साधन र तिनका चालक तथा यात्रुहरुलाई नियन्त्रणमा लिई सोधपुछ भैरहेको छ ।

सञ्चालन हुने सेवाहरू
एम्बुलेन्स, शववाहन, दमकल ।
सुरक्षा निकायका सवारीसाधन ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।
फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।
अनुमति लिएका सवारीसाधन ।
विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।
खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।
सरकारी, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।
पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।
खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन सञ्चालन गर्न पाइने छ ।

बन्द हुने सेवाहरू
होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र ) ।
लामो तथा छोटो दूरीका सवारीसाधन ।
तोकिएका बाहेक सबै निजी सवारीसाधन ।
अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।

Facebook Comments