Tue. May 7th, 2024

एमाले बैठक सम्पन्न, १९ जनाको स्थायी कमिटी गठन

- कर्णाली प्रदेशका चार सांसदलाई कारबाही

काठमाडौं, २०७८ बैशाक १० गते शुक्रबार । नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ जनाको स्थायी कमिटी बैठक गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको सिफारिस अनुसार चार जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भएको बैठकले प्रदेश सभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि सत्तारुढ नेकपा एमालेले २७ जना सांसदलाई पार्टीहित विपरीत गतिविधि गरेको भन्दै माधवकुमार नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरणहरु केही ई-मेल र केही पत्रमार्फत प्राप्त भएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको थियो ।समानान्तर गतिविधि गर्दै आएकाहरुबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई प्रदान गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

आज बसेको बैठकले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको खनाल-नेपाल पक्षलाई पनि पार्टीको मूलधारमा आउन आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा(माओवादी केन्द्र)बाट प्रवेश गर्नुभएका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ ।

समानान्तर गतिविधिमा रहेका नेताहरु फर्किएमा जिम्मेवारी दिइने भएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments