Sun. May 19th, 2024

भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

काठमाडौं, २०७८ बैशाक १० गते शुक्रबार । भारतको महाराष्ट्रस्थित पालघरमा रहेको विजय वल्लभ कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धत गर्दै सो जानकारी दिएको हो । प्राप्त समाचार अनुसार विजुलीको सर्किटबाट सुरु भएको आगोले अन्य धेरै घाईते समेत भएका छन् । प्रहरीका अनुसार अस्पतालको आईसियुमा विहान ३ वजे आगो लागेको थियो । समयमै अग्नि नियन्त्रक र प्रहरी पुगेकोले अझै ठूलो क्षति हुन नपाएको बताईएको छ ।

अस्पतालको आईसीयूमा भर्ना भएका १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ । दुई दिनअघि मात्रै महाराष्ट्रको नासिकमा रहेको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जना बिरामीको ज्यान गएको थियो । भारतको अहिले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ ।

Facebook Comments