Mon. Apr 29th, 2024

रामबहादुर थापा “बादल” पुनः गृहमन्त्रीमा नियुक्त, आज साँझ ५ बजे शपथ ग्रहण

काठमाडौं, २०७८ बैशाक ५ गते आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट मुक्त हुनुभएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पुनः सोही मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । राष्ट्रपति विद्या भण्डारीले आज साँझ ५ बजे शीतल निवासमा उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि उहाँ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त हुनुभएको थियो । संविधानको व्यवस्थाअनुसार उहाँलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गर्नुभएपछि उहाँ आज पुनः सोही पदमा शपथ खाँदै हुनुहुन्छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पदबाट मुक्त गरेको लिखित पत्र दिएको थियो ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार जना सदस्यलाई कारवाही गरेको थियो । नेताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएपछि सो दलले कारवाही गरेको थियो । उहाँहरुले यसअघि नै पद तथा गोपनीयताको शपथ खाइसक्नुभएको छ ।

Facebook Comments