Thu. May 16th, 2024

अफगानिस्तान युद्ध: अमेरिकाको “सबैभन्दा लामो युद्ध”अन्त्यको समय-बाइडन

काठमाडौं, २०७८ बैशाक २ गते बिहीबार । अमेरिकी राष्ट्रपति जो बाइडनले “सैन्य स्रोतका साथ” नभए पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा गर्नुभएको छ । सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उहाँले भन्नुभयो, “यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो।”

अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलाको २०औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो। यतिखेर अफगानिस्तानमा रहेका ९,६०० नेटो सैनिकमध्ये कम्तीमा २,५०० अमेरिकी फौज छन्। अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको सङ्ख्या थपघट भइरहन्छ। अमेरिकी सञ्चारमाध्यमहरूले अहिलेको कुल सङ्ख्या ३,५०० को नजिक रहेको जनाएका छन्।

अमेरिकी र नेटो अधिकारीहरूका अनुसार एउटा कट्टरपन्थी इस्लामवादी अभियान-तालिबानले अफगानिस्तानमा हिंसा घटाउने वाचा अहिलेसम्म पालना गरिरहेको छ।

काबुलको प्रतिक्रिया
काबुलमा अफगान अधिकारीहरूले फिर्तीको तयारीका रूपमा शान्ति वार्ता जारी राख्ने बताएका छन्। बुधवार अफगान राष्ट्रपति असरफ गनीले एउटा ट्वीट गर्दै आफूले राष्ट्रपति बाइडनसँग टेलिफोनमा कुरा गरेको बताउनु भयो । बिबिसी

Facebook Comments