Fri. May 17th, 2024

चीनको सिन च्याङमाः नाशपातीको पराग सेचनमा ड्रोनको प्रयोग

काठमाडौं, २०७७ चैत ३१ गते मंगलबार । हाल चीनको सिन च्याङको एउटा नाशपाती रोपण उद्यानमा फूल फुल्दै गरेकोले पराग सेचनको मुख्य अवधिमा पुगेको छ। यसै बीच पार्कमा ड्रोनहरूबाट उच्च कुशलताका साथ पराग सेचनको काम गरिएको छ।

यस प्रविधिले किसानलाई पहिलेको गाह्रो तरिकाद्वारा गरिने पराग सेचनबाट मुक्ति दिलाएको छ। सिन च्याङको दक्षिण भागमा फूल फुल्ने समय ज्यादै छोटो भएकोले पहिले मानिस तथा मौरीमार्फत प्राकृतिक रूपमा पराग सेचन हुने गर्दथ्यो, जुन काम कठिन तर कम फाइदायुक्त थियो।

एउटा ड्रोनले एक घण्टामा २.६ हेक्टर क्षेत्रलफलको खेतमा पराग सेचन गर्नसकिन्छ जुन मानिसको तुलनामा ५० गुणा देखि ६० गुणा बढी हो। मानिसको भन्दा ड्रोनको लागत पनि कम छ, त्यसैले अहिले अझ बढी किसानले ड्रोनलाई छनौट गरेका छन्। सीआरआई

Facebook Comments