Wed. Apr 24th, 2024

कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिए

Ministry-of-Health

काठमाडौं, २०७७ चैत २८ गते शनिबार नेपालमा कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ३ हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु भएकाे र हालसम्म ३ हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।

Facebook Comments