Fri. May 3rd, 2024

नेपाल पत्रकार महासङ्घको चुनाव सम्पन्न

काठमाडौं, २०७७ चैत २५ गते बुधबार नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ । ७७ जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको हो ।

केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको छ । जम्मा १३ हजार १ सय २२ जना मतदाता रहेकोमा ९० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिनुभयो । काठमाडौं सहित अधिकांश जिल्लाहरूमा मतगणना सुरु भइसकेको छ ।

महासङ्घको ४९ पदाधिकारीका लागि १ सय ४५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथोकी स्वतन्त्र रूपमा चुनावी मैदानमा हनुहुन्छ ।

Facebook Comments