Wed. May 6th, 2026

अष्टलक्ष्मी शाक्यको नेतृत्वमा खनाल-नेपाल समूहको बागमती प्रदेश समानान्तर कमिटी घोषणा

       

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउँदै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरेको झलनाथ खनाल-माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ।

केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई हुनुहुन्छ भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत हुनुहुन्छ । रचना खड्का सचिवमा रहनु भएको समानान्तर कमिटीमा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।

Facebook Comments