Fri. Apr 26th, 2024

पाकिस्तानी दूतावासद्वारा ५५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।

नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहनदार विद्यार्थीहरूलाई १०/१० हजार रुपैयाँका दरले दूतावासले छात्रवृत्ति हस्तान्तरण गरेकाे हाे । विद्यार्थीहरूको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध नागरिककाे तहमा पुग्ने विश्वास लिइएको बताउनुभयो ।

Facebook Comments