Fri. May 3rd, 2024

याङ्ग्री र लार्केको पानी आगामी तीन वर्षभित्र काठमाडौंमा आउँछः प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ चैत २० गते शुक्रबार  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताउनु भएकाे छ । उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी वि.सं. २०८१ सम्ममा मेलम्चीसँगै अन्य दुई नदीको पानी काठमाडौं आउने वातावरण बनाउनुपर्नेमा जोड दिदै सो विचार व्यक्त गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानी औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूर्वाधार विकासमा भएका प्रयासका सन्दर्भममा पनि धारणा राख्नुभएको छ ।

Facebook Comments