Fri. May 3rd, 2024

हात्तीले आक्रमण गर्दा गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

काठमाडौं, २०७७ चैत २० गते शुक्रबार  पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो ।

गैंडा गणना गर्ने क्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा  राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते (सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी) घाईते भएको उहाँले बताउनुभयो ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर  छ । उहाँको जिल्ला अस्पताल मध्यबिन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाडौं ल्याईएको छ । गोरखापत्र

Facebook Comments