Sun. Apr 28th, 2024

सह-चालकलाई नदीमा फाल्ने चालक र अर्का सह-चालक पक्राउ

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै सह-चालकलाई नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गल्याङ नगरपालिका ८ बंग्रान्तीका गल्याङ चालक २७ वर्षीय अमित परियारलाई रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

घाइते सह-चालकलाई खोलामा फाल्ने मुख्य योजनाकार परियारलाई छोरी र श्रीमतीसहित भारत भाग्ने क्रममा वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

यही चैत ५ गते अस्थायी नं. प्लेट लुं अ फ १०१२ भएको ट्याक्टरबाट खसेर घाइते भएका स्थानीय सह चालक १९ वर्षीय गणेश गाहालाई चालक परियार र अर्का सह-चालक २१ वर्षीय सुनिल रानाले कालिगण्डकी नदीमा लगेर फालेका थिए । ट्याक्टरबाट खसेर घाइते भएका गाहालाई चालक परियार र रानाले ट्याक्टरमा राखी कालिगण्डकी साँखरघाटमा लगेर नदीमा बगाएकाे स्वीकार गरेका छन् । गोरखापत्र

Facebook Comments