Sat. May 4th, 2024

लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो-राष्ट्रपति बाइडेन

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गर्नुभएको छ । काेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उहाँले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकोले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभएको हो ।

मानिसहरुकाे लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै उहाँले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।

आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुई तिहाई घटाउन सफल भएको भन्दै उहाँले अहिले पनि लापरबाही गर्न नहुने बताउनुभयो । सरकारले कोरोनाविरुद्धको खोप सबैभन्दा धेरै व्यक्तिलाई लगाउने प्रयास गरिरहेको भन्दै उहाँले आम नागरिकले पनि मास्क लगाउनेजस्ता स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताउनुभयो ।

अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको ज्यान गइसकेको छ । बिबिसी

Facebook Comments