Wed. Apr 24th, 2024

तराई मधेसमा होली पर्व फोटो फिचर

काठमाडौं, २०७७ चैत १६ गते सोमबार  तराई मधेसका जिल्लाहरुमा सोमबार हर्षोल्लोसका साथ रंग अविर लगाएर होली पर्व मनाइएको छ । होली पर्वका अवसरमा आईतबार राति ग्रामीण भेगका होली मण्डलीहरुले होरी, फगुवा, जोगिडा बिरहा गाएर होलीका दहन गरेका छन् । यसैगरी शान्ति, सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गर्ने यो पर्व मनाएका छन् ।

सप्तरीका विभिन्न चोकहरुमा युवाहरुको समूहले रमाईलो गर्दै एक आपसमा रंग अविर दलेर होली पर्व मनाएका छन् । यसैगरी सामान्यता हिन्दूहरुले मनाउँदै आएको होली पर्व यस वर्ष शान्ति, सद्भाव र एकताको सन्देश दिँदै मनाएका छन् ।

होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन् ।

हिरण्यकशिपुले आगोमा डढेर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवानको नाम जप्तै शान्त मुद्रामा रहन सफल भएको विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ।

Facebook Comments