Tue. May 7th, 2024

देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

काठमाडौं, २०७७ चैत १६ गते सोमबार भोलिदेखि चार दिन सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ । नेपाल सरकारका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले भोलिबाट देशभरका विद्यालयसहित सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय देशभर वायप्रदुषण बढेकोले बालबालिकाको स्वास्थ्य सुरक्षाकालागि विद्यालय बन्द गर्नुपरेको शिक्षामन्त्री श्रेष्ठले बताउनु भयो । गत बिहीबारबाट देशभर तुँवालो फैलिएको छ । यसले आँखा पोल्ने, भिजिबिलिटी कम हुनेजस्ता समस्या अहिले देखिएका छन् । यो प्रदुषणले भविष्यमा गम्भीर असर गर्ने वातावरणविद् तथा चिकित्सकहरुको भनाई छ ।

पछिल्लो समय देशभरका वनजंगलमा डढेलो लागेकोले पनि वातावरणमा धुँवा फैलिएको बताइएको छ ।

Facebook Comments