Sun. May 19th, 2024

संयुक्त राष्ट्रसंघका आवासीय संयोजकद्वारा महामारी तथा गरिबी प्रतिरोधमा चीन सफल भएको धारणा व्यक्त

काठमाडौं, २०७७ चैत १५ गते आईतबार चीनका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सिद्धार्थ चटर्जीले महामारी तथा गरिबी निवारणमा चीनले ठूलो सफलता प्राप्त गरेको कुरा व्यक्त गर्नुभएको छ। चटर्जीका अनुसार विश्व महामारीमा चीन सरकार र चिनियाँ जनताले सामूहिक प्रयासमा ठूलो सफलता प्राप्त गरेका छन् ।

उहाँले गत ७ वर्षको अवधिमा चीनका राष्ट्रध्यक्ष सी चिनफिङको नेतृत्वमा १० करोड गरिब चिनियाँको जीवनमा परिवर्तन आएको बताउनुभयो। गत ४० वर्षको अवधिमा ८० करोड नागरिक गरिबीमुक्त भएको भन्दै उहाँले चिनियाँ सफलताको प्रशंसा गर्नुभयो। सीआरआई

Facebook Comments