Mon. May 6th, 2024

म्यानमारमा सेनाको गोली लागेर शनिबार एक सय जनाको ज्यान गयो

काठमाडौं, २०७७ चैत १५ गते आईतबार सैनिक कू विरुद्ध म्यानमारमा शनिबार गरिएको प्रदर्शनमा सेनाको गोली लागेर एक सय जना भन्दा धेरैको ज्यान गएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकेनले म्यानमारमा शनिबारको मृत्युले वाशिंगटन “भयभीत” भएको बताउनु भएको छ ।

गत महिना सेनाले सत्ता हातमा लिएपछि सुरुभएको विरोध प्रदर्शनका क्रममा शनिबार सबैभन्दा ठूलो दमन भएको बिबिसीले जनाएको छ । विरोध प्रदर्शनमा शनिबार एकै दिन एक सय जनालाई गोली प्रहार गरि हत्या गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले म्यानमारमा बढ्दो हत्या र सैनिक दमनले सैनिक कू विरुद्ध जनताको आक्रोस बढिरहेको र यो अझै फैलन सक्ने बताउनु भयो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शनिबारको घटनाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिनु भएको छ ।

Facebook Comments