Sun. May 5th, 2024

बस र स्कुटर ठाेकिदा चितवनमा एकै घरका तीन जनाको मृत्यु

काठमाडौं, २०७७ चैत १४ गते शनिबार चितवनको भरतपुर-२२ पकौडीमा शनिबार ६ः २० बजे भएको एक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले दिनुभएको जानकारी अनुसार भरतपुरबाट-माडीठोरी चल्ने भित्री सडक खण्डको पकौडी भन्ने स्थानमा जगतपुरतिरबाट भरतपुरतर्फ आउदै गरेको ना ५ ख २१५० नं को यात्रुबाहक बस र बिपरीत दिशाबाट जांदै गरेको ना.४० प ७०८२ नं को स्कुटर एक आपसमा ठक्कर खांदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्युहुनेहरुमा भरतपुर महानगरपालिका-६ गीतानगरका अन्दाजी ४५ बर्षका मोहन अधिकारी, उहाँकी छोरी बर्ष १७ की बिनिसा अधिकारी र बर्ष १७ कै भतिजी दिबिसा अधिकारीको रहेको प्रहरीले जनाएको छ । बससंग ठोकिएर घाईते भई उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ ल्याउँदै गर्दा ६ बजेर ५५ मिनेट जाँदै गर्दा उहाँहरु तीनै जनाको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । गोरखापत्र

Facebook Comments