Tue. Dec 24th, 2024

मेलम्चीको पानी आइतबार उपत्यकाका घरघरमा पुग्ने

काठमाडौं, २०७७ चैत १४ गते शनिबार दशकौंको उराठलाग्दो प्रतिक्षापछि भोली (आईतबार)देखि मेलम्चीको पानी उपत्यकाका तीनै शहरका घर घरमा पुग्ने भएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच शुक्रबार खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गर्नुभयो ।

शुक्रबार मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले  जानकारी दिनुभयो । पहिलो दुई दिन चार करोड त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेले जानकारी दिनुभयो ।

Facebook Comments