Sat. May 18th, 2024

चीनमा ७ करोड ४९ लाख ५६ हजार डोज कोभिड-१९ विरूद्ध खोप लगाइयो

A Chinese boy screams out in pain as he gets inoculated against measles as part of a free 10-day nationwide campaign to urge parents to participate amid public fears about the safety of the inoculations in Hefei, in eastern China's Anhui province on September 11, 2010. China launched a measles vaccination programme targeting 100 million children in a bid to eradicate the disease, a leading cause of avoidable death in developing nations, by 2012. CHINA OUT AFP PHOTO (Photo credit should read STR/AFP/Getty Images)

काठमाडौं, २०७७ चैत ११ गते बुधबार  कोरोना भाइरस महामारी विरुद्ध लड्न चीनमा ७ करोड ४९ लाख ५६ हजार डोज खोप लगाइएको छ । मार्च २१ तारिखका दिन चीनको कोभिड-१९ विरूद्ध खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराईएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य समितिका प्रवक्ता मी फङले चीनमा महामारी नियन्त्रणको स्थिति राम्रो भएको जानकारी दिनुभयो। ३१ दिनसम्म आन्तरिक संक्रमित केस देखिएपछि मार्च १८ तारिख पल्लो शान्सी प्रान्तमा १ नयाँ संक्रमित केस देखिएको पनि उहाँले बताउनुभयो।

उहाँका अनुसार, मार्च २० तारिख मध्य रातिसम्म चीनमा जम्मा ७ करोड ४९ लाख ५६ हजार डोज कोभिड-१९ विरूद्ध खोप लगाइएको छ। सीआरआई

Facebook Comments