Sat. Nov 23rd, 2024

जसपाको मागप्रति आफू सकारात्मक भएको प्रधानमन्त्रीको भनाई

काठमाडौं, २०७७ चैत १० गते मंगलबार  प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)को मागप्रति आफू सकारात्मक भएको बताउनुभएको छ । आजकोे भेटमा प्रधानमन्त्री ओलीले संसद्मा आफूलाई समर्थन गर्न अनुरोध गर्नुभएकोे नेता लक्ष्मणलाल कर्णले बताउनुभएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासँग भेटवार्ता गर्नुभएको थियो ।

जसपा नेताहरुले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाउनुभएको थियो । भेटमा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित रहनुभएको थियो । पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ ।

Facebook Comments