Sun. May 5th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा विश्वलाई चिनियाँ सपनाबारे जानकारी

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

चिनियाँ सपना चिनियाँ जनताको मात्र होइन, विश्वका विभिन्न मुलुकका जनताको आशावादसित सम्बन्धित छ। गएका ८ वर्ष यता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वलाई चिनियाँ सपनाबारे जानकारी दिनुका साथै चीनको शान्तिपूर्ण विकास तथा सहकार्यको साझा विजयको उद्देश्यमाथि पनि प्रकाश पार्नुभएको छ।

सञ्चारमाध्यमका अनुसार चीनबाट प्रस्तुत गरिएको “एक पेटी एक मार्ग”शीर्षकको प्रस्ताव चिनियाँ सपना मानिन्छ र यो प्रस्तावमार्फत् चिनियाँ सपना र विश्वको आशावादबीच घनिष्ट रुपमा सम्बन्धित छ। सन् २०१३ देखि यता सी चिनफिङले आफ्नो अध्ययन र प्रयासमार्फत सो एक पेटी एक मार्गको प्रस्तावलाई विश्वमा अझ बढी प्रवर्द्धन गर्नुभएको छ। “एक पेटी एक मार्ग” प्रस्तावले एशिया-युरोप मुख्यभूमि, अफ्रिका, अमेरिका तथा ओशिनिया क्षेत्रको पारस्परिक व्यापारिक आदान-प्रदानलाई सबल पार्नुका साथै एउटा नयाँ व्यापारिक चौतारो निर्माण गरेको छ। यसबाट हेर्दा चिनियाँ सपना चीन तथा चिनियाँ जनताको हो भने अझै विश्वको पनि सपना हो।

राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार चिनियाँ जनताले आफ्नो सपना साकार तुल्याएपछि विश्वका विभिन्न मुलुकका जनतालाई समेत हित हुँने र विश्वको शान्तिपूर्ण विकासमा योगदान गर्नसक्नेछन्। सीआरआई

Facebook Comments