Sat. May 18th, 2024

बेलायतका प्रधानमन्त्री जोन्सनले आउँदो महिना भारतको भ्रमण गर्ने, चीनमाथि कडा नजर

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आउदो महिना (अप्रिल) भारतको भ्रमण गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको जोन्सनको भ्रमणको मुख्य उद्देश्य भने चीनमाथि कडा नजर राख्नु रहेको हिन्दुस्तान टाईम्सले जनाएको छ । यस अघि भारतले ७२औं गणतन्त्र दिवसको उपलक्ष्यमा जोन्सनलाई प्रमुख अतिथिको रुपमा निम्तो पठाएकोमा कोरोना भाइरसको कारण उहाँको भ्रमण रद्द भएको थियो ।

ईयू से अलग होने के बाद पहली बड़ी अंतरराष्ट्रीय यात्रा

प्रधानमन्त्री जोन्सनको भारत भ्रमण युरोपियन युनियनबाट बेलायत अलग भएपछिको सबैभन्दा ठूलो अन्तर्राराष्ट्रीय भ्रमण हुने जोन्सनको कार्यालयले जनाएको छ । समाचार श्रोत भन्छ युरोपियन युनियनबाट अलग भएपछि अब बेलायतको ध्यान हिन्द प्रशासन्त क्षेत्रमा केन्द्रित हुँनेछ । बेलायत यस मामिलामा अझ चनाखो देखिएको छ । आसन्न भारत भ्रमणमा दुवै देशका नेताहरुले हिन्द प्रशासन्त रणनीति, दुवै मुलुकको साझा हित र चीन सम्बन्धि मामिलामा छलफल गर्ने कार्यक्रम रहेको छ । उदाउँदो लोकतात्रिक शक्ति भारतसँग मिलेर चीनमाथि नियन्त्रण गर्ने रणनीतिमा बेलायत रहेकोले पनि आसन्न भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Facebook Comments