Sat. May 18th, 2024

संघीय संसदको बैठक आज बस्दै, ७ वटा अध्यादेश पेस हुने

काठमाडौं, २०७७ फागुन २६ गते बुधबार

सर्वोच्च अदालतबाट पुनःस्थापना भएपछि संघीय संसदको दोस्रो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा दिवंगत सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने र विभिन्न अध्यादेशहरु अनुमोदनका लागि पेश गर्ने कार्यसूचि छ ।

यसअघि २३ गते बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एकालेको माधव नेपाल समूह र नेकपा माओबादीका सांसदहरु (प्रचण्ड-माधव पक्ष)ले बैठक बहिस्कार गरेका थिए । अध्यादेशको विरोधमा नेपाली कांग्रेसले पनि बैठक बहिस्कार गरेको थियो ।

सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए पनि पछि संसद सचिवालयले सूचना टाँसेर आजका लागि बैठक आह्वान गरेको थियो ।

प्रतिनिधिसभा बैठक नरहेको समयमा सरकारले ल्याएका संवैधानिक परिषदलगायतका विभिन्न अध्यादेश अनुमोदनको प्रयास भए पछि नेकपा माओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजबादी पार्टी (जसपा)ले संसदमा विरोधको सूचना दर्ता गराएका छन् ।

Facebook Comments