Sun. May 5th, 2024

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने

काठमाडौं, २०७७ फागुन २६ गते बुधबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments