Sat. May 18th, 2024

चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधी होइनन्: वाङ यी

Wang Yi

काठमाडौं, २०७७ फागुन २४ गते सोमबार

पैचिंगमा आईतबार आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले चीन र भारत सम्बन्धको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्ने, विकास गर्ने र कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने रहेको बताउँनु भएको छ ।

उहाँले भन्नुभयो, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा १ अर्ब जनसंख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ।” त्यसकारण, चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन्।

सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उहाँले पूरै चीन र भारत सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी भएको पनि बताउँनु भयो । साथै दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिनुभयो। सीआरआई

Facebook Comments